Logo

कोरोनाका तीन नयाँ संक्रमित भेटिए



काठमाडौं, २२ चैत्र । नेपालमा एकै दिन तीनजना कोरोना भाइरसका तीनजना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुईजना भारतबाट फर्किएका हुन् भने एकजना नेपालभित्र बस्दै आएकी हुन् ।

संक्रमितमध्ये मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकै ३४ वर्षीय महिला हुन् । उनी यसअघि धनगढीमा भेटिएका कोरोना भाइरसका ३४ वर्षीय संक्रमितका आफन्त हुन् ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या नौ जना पुगेको छ । जसमध्ये आठजना उपचाररत छन् भने एकजना नीको भई घर फर्किइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot