Logo

एक प्रदेशबाट अर्को, एक जिल्लाबाट अर्को, र एक स्थानीय तहबाट अर्कोमा जान नपाइने



चैत २२, काठमाण्डौ । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको ¥यापिड टेष्ट गर्ने भएको छ । ति जिल्लाहरुमा विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण भएको छ । लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहनुभएका डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot