Logo

महतले मध्यावधि चुनाव मागको समाचारमा जनाए आपत्ति, हेर्नुहोस वास्तविकता (भिडियोसहित)



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले आफूले मध्यावधि चुनावको माग नगरेको भनेर आज एक विज्ञप्तीमार्फत रिपोर्टर्स नेपाल डटकममा “सरकार असफल भयो, अब मध्यावधि चुनाव हुनुपर्छ : डा. महत (भिडियोसहित) को शीर्षकमा हिजो (शनिबार) प्रकाशित समाचारमा गम्भिर आपत्ति जनाएका छन् ।

महतले आज एक विज्ञप्ती जारी गरेर उक्त समाचारको खण्डन गरेका छन् । “भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति” शीर्षकमा महतले यस्तो लेखेका छन्,”हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल। ”

तर, उनले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा मध्यावधि चुनाव हुनुपर्छ भनेर प्रष्टसँग बोलेका छन् । हेरौं उनको अभिव्यक्ति जस्ताको त्यस्तै :

हेरौं महतले के भनेका थिए ? (भिडियोसहित)डा. महतले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द भयो भन्दैमा आफ्नो पार्टी चुप लागेर नबस्ने समेत चेतावनी दिए । उनले भने, कांग्रेस चुप लाग्दैन् । जनता चुप लाग्दैनन् । र, यो सरकार सबै…यस्तो बेलामा यस्तो दुःखद् अवस्थामा, यस्तो संक्रमणको अवस्थामा । जनता चाहीँ अब जागिर छैन् । ज्यालादारीले ज्याला गर्न पाएका छैनन् । घरघरमा छन् । यस्तो अवस्थामा पनि कमाउनुपर्छ यो चाहीँ अवसर हो भनेर सोच कसैले राख्दछ भने त्योभन्दा दुर्भाग्यपूर्ण र त्योभन्दा तल्लोस्तरको काम केही हुन्छ ऋषिजी ? हुनैसक्दैन् । अब हुँदाहुँदै आर्मीलाई दिने कुरा भएको छ । हाँस्दै…सरकारले यो पनि आर्मीले गरेपछि प्रश्न उठ्दैन भनेर गर्न खोजेको त होईन ? यो सरकार सिभिलियन गभर्मेन्ट के अब काम गर्न नसक्ने असक्षम ? यो सरकारले त अब राजीनामा दिनुपर्छ । मलाई त लाग्छ यो चाहीँ यो संक्रमण सकिएपछि, यो चाहीँ के छ भने यसबाट पार पाईसकेपछि अब त देश त मध्यावधि चुनावमा जानुपर्छ, यिनीहरुले अब हामीले सकेनौं भनेर भन्नुपर्छ ।”

मध्यावधि निर्वाचन कांग्रेसको माग हो भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा महतले भने,”यो चाहीँ मेरो व्यक्तिगत धारणा हो । मेरो व्यक्तिगत धारणा त के हो भने ओलीजीले राजीनामा दिएर उहाँको ठाउँमा आर्को कम्युनिष्ट पार्टीको अरु नेता आएपनि उहाँहरुको पनि अहिले चाहीँ जसले बागडोर लिएका उपप्रधानमन्त्रीलगायतका सबको देखिसकियो, ओलीजी सक्रिय हुँदापनि धेरै कुरा बिग्रिएको थियो । अहिले बिरामी भएर निस्क्रिय पर्दामा हुँदापनि अरु सञ्चालन गर्नेहरुको पनि त्यही हालत देखियो । त्यसकारण अब यो कम्युनिष्ट पार्टीले त के छ भन्देखी अब देशको जनतालाई ओलीजीको ठाउँमा अरु कोही भएर अब देश चल्ला भन्ने विश्वासनै छैन् ।”

जनताले पाँच वर्षको लागि यो सरकारलाई जिताएर पठाएका हुन्, तपाईहरु केपी ओलीको किन विरोध गर्नुहुन्छ ? किन राजीनामाको कुरा गर्नुहुन्छ ? किन मध्यावधिको कुरा गर्नुहुन्छ ? डा. महत भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”हामी त पाँच वर्ष यसले चलाओस भन्ने चाहन्थ्यौं । जनताले जे भएपनि उहाँले प्रचार गर्नुभयो । प्रचारको प्रभावमा परेर जनताले पनि मतदान दिए । केही गरिहाल्लान् कि ? भई हाल्ला कि भनेर ? राम्रै गर्लान् कि ? कुरो त मिठै गर्याछन् । कुरो अनुसार कामपनि गर्लान् कि भनेर पूरा बहुमत दिएर जिताएर पठाएका हुन् । तर, दुर्भाग्यवश जनता निराश हुनुपरेको अवस्था छ । अहिले यस्तो आपतकालको अवस्थामा पनि उहाँहरु सुध्रेको अवस्था छैन् । जुन अहिले चाहीँ यसको हालीमुहाली जुन चाहीँ बागडोर सम्हालेको जुन चाहीँ संयन्त्र छ, उपप्रधानमन्त्रीको नेतृत्वमा उनले समेत छताछुल्ल भएको अवस्थामा मैले के भनिरहेको छु भने उहाँबाट अब आशा गर्ने ठाउँ बाँकी छैन् ।”

पूरा भिडियो यहाँ हेर्नुहोस :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot