Logo

होटल क्षेत्रको रोजगारी गुम्न सक्ने



काठमाडौँ, २९ चैत । होटल उद्योगका समस्या तत्काल समाधान नभए यो क्षेत्र धराशयी बन्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्न सक्ने होटल एसोसिएसन अफ नेपाल (हान)ले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै हानले यस्तो परिस्थितिमा होटलका कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिन होटल प्रतिष्ठानले मात्र नसक्ने भएकाले सरकारले पनि जिम्मा लिनुपर्ने बताएको छ । कोरोना भाइरसका कारण खर्बौं लगानी भएको होटल उद्योग बन्द भई धराशयी हुने निश्चित प्रायः रहेको अवस्थामा राज्यले पनि यसलाई आफ्नो दायित्वभित्र राख्नुपर्ने हानले उल्लेख गरेको छ ।

सरकारले उपलब्ध गराएको राहत तथा सेवासुविधा पर्यटनमैत्री नहुँदा थप समस्या परेको गुनासो पनि हानको छ । अहिले मुलुकभरका होटल उद्योगले करिब ११ लाखलाई रोजगारी प्रदान गरेको होटल व्यवसायीले जनाएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्