Logo

फुल्यो सुनाखरी तर हेर्न कोही आएनन्



लहान, चैत २९ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फक्रिने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। कौतुहलताका साथ साताअघि नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट हजारौ आगन्तुक आउने त्यो फूल यस वर्ष पनि फुलेको छ। तर, हेर्न अगन्तुक आएका छैनन्। सुनसान फूलबारीमा फूल आगन्तुक टोलाउँदै फक्रिरहेको छ।

यस वर्ष कोरोनाको महामारीका कारण नेपाल तथा छिमेकी मुलुक भारतमा लकडाउन छ।जसका कारण फूल हेर्न र मेला भर्न कोही आउने छैनन्। जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगर प्रमुखलाई बोलाएर यसपाली सलहेश फूलवारी मेला रोक्न लिखित निर्णय गरेको छ।
नयाँ वर्षको दिन सलहेश फूलवारीमा लाग्ने फूलवारी मेला, बैशाख २ गत्ते लक्ष्मीपुर पत्तारी गाउँपालकामा लाग्ने पतारी मेला, पकडीया गढ मेला, बालासुन्दरी मेला रोक्न सम्बन्धित पालिकाका प्रमुखहरुले लिखित निर्णय गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot