Logo

प्रधानमन्त्रीका सल्लाहकार डा. भट्टराईलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना



काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । उनी शुक्रबार राति नै गंगालाल अस्पताल भर्ना भएका हुन् ।

भट्टराईको एन्जियोप्लास्टी गरिएको बुझिएको छ । अस्पताल भर्ना भएपछि सहकर्मीहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भट्टराईलाई बढी धपेडी भएर समस्या भएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot