Logo

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं, २ वैशाख । मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे निर्णय लिनेछ । लकडाउन एक हप्ता देखि दुई हप्तासम्म लम्ब्याउनेबारे निर्णय हुने स्रोतले जानकारी दियो ।

पछिल्लो समय भारतबाट लकडाउनकै समयमा नेपाल छिरेकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार गम्भीर भएको हो । भारतमा लकडाउनको समय थप्ने तयारी भइरहेको छ । १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

कोरोना रोकथामका लागि नेपाल र भारत सहकार्य गरी अगाडि बढ्ने सहमति भए अनुसार लकडाउनलगायतका रणनीतिहरु दुई देशको समन्वयमा हुनथालेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा अझ कडाई गर्न निर्देशन दिइसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot