Logo

राहत चाहियो करिश्मालाई भन्नुहोस्



काठमाडौ, बैशाख ५ । नायिका करिश्मा मानन्धरले केही मानिसहरुलाई आफ्नै खर्चले राहत सामाग्री वितरण गरेकी छिन् । लकडाउनले समस्यामा परेका आफ्नो घर वरिपरि डेरा गरी बस्ने मानिसहरुलाई गोदावरी भिलेज स्टुडियो (मानन्धर निवास) आउन वा सम्र्पक गर्न आग्रह गरेकी छिन् ।

उनको आग्रह पछि केही मानिसहरु उनको निवाससम्म राहत लिन पुगेका थिए । पुगेका मध्ये केही लाई राहत सामाग्री वितरण गरेपनि केहीलाई सामान अभाव भएकोले भोली वितरण गर्ने जानकारी दिएकी छिन् । मानन्धरले आफ्नो फेसबुकको स्टाटस हेरेर सातदोबाटोबाट हिडेर गोदावरीसम्म पुगेको पनि जानकारी दिएकी छिन् । उनले सबैमा आफ्ना नजिकका छरछिमेकमा आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot