Logo

काठमाडौं परिसरमा श्याम ज्ञवाली र महाशाखामा दिपक थापा जाने



काठमाडौं, ७ वैशाख । नेपाल प्रहरीमा डिआइजी बढुवासँगै महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा नेतृत्व परिवर्तन हुने भएको छ । परिसरमा रहेको उत्तमराज सुवेदी र महाशाखामा रहेका सहकुलबहादुर थापा डिआइजीमा बढुवा भएपछि नेतृत्व परिवर्तन हुने भएको हो ।

सोमबार सुवेदी र थापासहित बढुवा भएकाहरुले डिआइजीको फुली लगाउनु अघि नै परिसरमा श्याम ज्ञवाली जानेछन् । ज्ञवाली हालका आइजीपी ठाकुर प्रसाद ज्ञवालीका भाई हुन् । विश्वस्त स्रोतका अनुसार अपराध महाशाखामा दिपक थापा जानेछन् ।

ज्ञवाली २०५१ सालका ब्याची हुन् । उनी एसपी बढुवासम्म एक नम्बरमा रहेपनि एसएसपी हुँदा पछि परेका थिए । दिपक थापा २०५२ सालका ब्याची हुन् । उनी आफ्नो ब्याचका एक नम्बरमा बढुवा भएका एसएसपी हुन् । दिपक र सहकुल थापा भक्तपुरकै हुन् ।



प्रतिक्रिया दिनुहोस्