Logo

गगनको गर्जन : जो सन्किन्छ, उ मेटिन्छ !



काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले लोकतन्त्रमाथि षड्यन्त्रहरु गर्ने आँफैं मेटिने चेतावनी दिएका छन् । उनले लोकतन्त्र दिवसको अवसमार फेशबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

थापाले लेखेका छन्,”लोकतन्त्र शब्द मात्र होइन;सत्तामा बसेकाको सनकले कागजमा मेट्न सकिने।यो नेपाली जीवनपद्धतिको अभिन्न अङ्ग र समुन्नतिको अनिवार्य सर्त हो।जसले मेटाउने प्रयास गरे समयले तिनैलाई मेटाइदियो।लोकतन्त्रमाथि षडयन्त्र गरिरहेकाले राम्ररी बुझुन्-‘जो सन्किन्छ उ मेटिन्छ’! लोकतन्त्र दिवसको शुभकामना!”

पछिल्लो समय थापा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । सरकारले दल विभाजन र संवैधानिक परिषदको कामकारबाहीबारे दुई अध्यादेश ल्याएपछि थापाले कडा टिप्पणी गरेका थिए । उनले आफ्नो फेशबुकमा लेखेका थिए,”प्रधानमन्त्रीज्यू, महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ। संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।”

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्