Logo

१३ करोड मानिस बस्ने सुपर सिटी बनाउँदै चीन



विश्वकै ठुलो अर्थतन्त्रमा उभिएको चीनले अब एक यस्तो शहर बनाइरहेको छ जहाँ एकैसाथ १३ करोड मानिसहरु बस्नेछन् । यो जनसख्या अमेरिकाको तीन भागमा एक भाग हो । यो शहर चीनको राजधानी बेइजिङ नजिक छ । उक्त भवन ८५ हजार वर्ग मीलको एरियामा फैलिएको अमेरिकाको मध्ये पश्चिम प्रान्त कंसासको बराबर हुन्छ ।

यस्तो शहर बसाउनुको कारण बेइजिङको आवादी कम गराउने हो । यो स्मार्ट सीटी भन्दा केही गुणा अत्याधुनिक हुनेछ जहाँ अनुसन्धान, एटिविटी र बलियो आर्थिक एरिया पनि हुनेछ । बेइजिङ, तिआजिन, शंघाई र दक्षिण चीनको झेनझेग प्रान्तमा काम गर्ने कम्पनीलाई यस सुपर सीटीमा सिफ्ट गर्ने बताइएको छ । यसको साथै सरकारी कार्यालय, रेल नेटवर्क, दुरसंचारको कार्यालय रहने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot