Logo

२ लाख १० हजारको मृत्यु, ३० लाख ४५ हजार संक्रमित



वैशाख १६, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १० हजार नाघेको छ ।

सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ३० लाख ४५ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ९ लाख १६ हजार निको भएका छन् । उपचाररत करिब १९ लाख १८ हजारमध्ये करिब ५६ हजार ४ सयको अवस्था भने चिन्ताजनक छ ।

अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अहिलेसम्म अमेरिकामा ५६ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख पुगेको छ ।

इटलीमा अहिलेसम्म २७ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख पुगेको छ । स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार ५ सय पुगेेेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ३० हजार पुगेको छ ।

फ्रान्समा २३ हजार ३ सयभन्दा बढिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ८ सय ८६ पुगिसकेको छ । भारतमा संक्रमितको संख्या २८ हजार नाघेको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्