Logo

पद छाड्न सक्नुपर्छ- भीम रावल



काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावल तर्कक्षमताका धनी छन् । उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक हुन् । ओलीले चालेका कदमको उनले खुलेर विरोध गरेका छन् । यसै सेरोफेरोमा ओलीसँग ऋषि धमलाले गरेको कुराकानीः

हिजो कोटेश्वरमा माधव नेपाल सहूह र केपी ओली समूहबीच के सहमति भयो ?

सबैभन्दा पहिला त हिजो जुन हामीले छलफल गर्यौं त्यहाँ कुनै वार्ता टोली थिएन । हाम्रा वरिष्ठ नेता माधव नेपालको घरमा ईश्वर पोखरेललगायतका नेता कुराकानी गर्न आउनुभएको थियो । त्यही बेलामा हामीलाई वरिष्ठ नेताले बोलाउनुभएको हो । त्यहाँ अहिलेको परिस्थितिको बारेमा गम्भीर छलफल भयो । त्यहाँ हामीले जसरी पार्टी जनताको दृष्टिकोणबाट बद्नाम र कमजोर हुँदै गयो । त्यहीबेलामा पार्टी विभाजनलाई सजिलो हुने गरी जसरी विधेयक ल्याइयो । त्यसपछि जे घटना घटे । यसम्बन्धमा स्थायी कमिटि बैठक, केन्द्रीय कमिटी र आवश्यक केन्द्रीय समिति बैठक बोलाइयोस भनेर हामीले कुरा ग¥यौं । यही कुरा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीजीलाई तपाईंले भन्नुहोस् भनेर आग्रह ग¥यौं ।

अहिलेको अवस्थाको कुरा गर्दा पार्टी अध्यक्ष माधव नेपाललाई बनाउने भन्नुभयो होइन ?

हामीले माधवकुमार नेपाल वा अन्य कुनै व्यक्तिलाई कुनै पद चाहिने कुरा गरेका छैनौं । हामीले यत्ति मात्रै भनेको छौं, ‘पार्टी विधि, पद्धतिबाट मात्रै चल्छ ।’ च्यसको लागि स्थायी कमिटि बैठकको माग गरेका छौं । त्यो बैठक बोलाउनुपर्यो । त्यहाँ व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुसार छलफल गरौं भनेका छौं ।

हिजो तपाईंहरुको छलफल अनुसार केपी ओलीको दुवै पदबाट राजीनामा कि अध्यक्ष पदबाट मात्रै ?

अहिले हाललाई अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेललगायतका नेताहरु, स्थायी कमिटिका अत्याधिक बहुमतका नेताहरु र आम कार्यकर्ताहरु पार्टीलाई जसरी सञ्चालन गरियो । र, यसलाई पहिलादेखि एउटा फाउन्डेसनको नाममा देशव्यापी रुपमा एउटा गुट भेला गरेर पार्टी विभाजनको बिजारोपण गर्ने अनि त्यसलाई अध्यादेशमार्पmत भन्दाखेरी समाजवादी पार्टीलाई फुटाउने भन्ने । तर, प्रकारान्तरले नेकपामा अनिष्ठ निम्त्याउने जुन काम भयो । यो अत्यन्तै गम्भीर कुरा हो । त्यससम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्षले सम्पूर्ण नेता, कार्यकर्तालाई जानकारी गराउनुप¥यो । त्यसमा ब्यापक छलफल र परामर्श हुनुपर्यो । त्यसका प्रभावहरुको समीक्षा र मूल्यांकन हुनुपर्छ । संवैधानिक परिषद्को बारेमा पनि छलफल हुनुपर्यो । र, वास्तविक रुपमा पार्टीको विधान, सिद्धान्त, नीति बमोजिम छलफल भएर निष्कर्षमा पुगौं भन्ने हामी सबैको धारणा छ । त्यहाँ यो पद यसलाई चाहियो, उसलाई चाहियो भनेर हामीले माग पनि गरेका छैनौं । हिजो प्रधानमन्त्री तथा अध्यक्षको तर्पmबाट आउनुभएका साथीहरुले कुनै ठोस प्रस्ताव राख्नुभएन । उहाँहरुले सहमतिमा जाओ भन्ने कुरा राख्नुभयो । पार्टी एकतालाई मजबुद बनाउन र देशब्यापी रुपमा पार्टीलाई बलियो बनाउनका लागि हामीले बैठकको माग गरेका छौं । पार्टीमा जब संकट आउँछ त्यसबेला पार्टीका नीतिलाई मान्नु र त्यसका बारेमा छलफल गर्नु अत्यावश्यक हुन्छ । सँगै पद्धतिअनुसार बैठक बोलाओं । त्यहीं छलफल गरौं भन्ने कुरालाई हामीले जोड दिएका छौं ।

प्रदीप ज्ञावलीले त जहाँ कमजोरी भएका छन् सच्याउनुपर्छ, तन्काउनु हुँदैन भन्नुभएको छ, अब तपाईं के भन्नुहुन्छ ?

यहाँ एउटा, दुईवटा कमजोरी भए त्यसलाई सच्याएर जाओं भन्ने अवस्था छैन । पार्टी विभाजको आधारभूत तयार गर्ने कुरा आइसकेपछि यत्रा लाखौलाख पार्टी सदस्यहरु । आमनेपाली जनताले दुई तिहाई मत दिएर यत्रो राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, अखण्डता र जनताको जनअधिकार समृद्धिको लागि प्रहण गरेका थुप्रै कुराहरुमा त्रुटी हुँदै जाने । पार्तीको संस्थागत निर्णय त्यहाँ कार्यान्वयन नहुने । छलफल पनि नहुने र लागु पनि हुने जुन गम्भीर परिस्थितिको सिर्जना भएको छ । यो कुनै सानोतिनो त्रुटीको कुरा होइन । त्यसैले अब उहाँले निकास दिनुपर्छ । त्यो निकास कस्तो हुन्छ ? कुन कुन पदबाट उहाँले राजीनामा दिनुपर्ने हो । कुन कुन कुरा उहाँले महसुस गर्नेपर्ने हो । के के कुरा उहाँले छोड्न्ुपर्ने हो । यो सम्बन्धमा पार्टीको सम्बन्धित तहमा छलफल गर्नुपर्छ । एकजनालाई बोलाउने उसलाई एउटा कुरा गर्ने, अर्कोलाई बोलाउने अर्को कुरा गर्ने । मैंले केही केही समाधारमाध्यमबाट थाहा पाएको हिजो मात्रै उहाँले बालुवाटारमा केही सांसद्हरुको भेला बोलाउनुभयो । त्यो गुटगत भेला हो । देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो व्यक्तिले कुनै नेताहरुलाई कुनै जानकारी नगराई जबर्जस्ती आफ्नो सरकारी निवासमा भेला गर्दै हिड्नुुहुन्छ भने उहाँले अध्यादेश ल्याउनुको अन्तरनिहीत के थियो भन्ने कुरा यसबाट पनि झल्किन्छ । यस्ता गलत क्रियाकलापहरु सामान्य र सतही कुरा होइनन् । त्यसकारण अब हामी कुन विकल्पमा जाने भन्नेमा छौं ।

सुदूरपश्चिका सांसद कर्ण थापाले त प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको पार्टी विभाजन गर्नु हो त्यसैले हामीले त्यो प्रस्ताव मान्नुहुँदैन भन्नुभयो नि ?

उहाँले के के प्रस्ताव गर्नुभयो मलाई थाहा छैन । म यत्तिमात्रै भन्न सक्छु, ‘जुन व्यक्तिले प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो पदमा रहेर देशब्यापी रुपमा खण्डिसन गठन गरेर त्यो खण्डिसन नै भोलिको पार्टी हो भनेर कार्यकर्तामा गुटबन्दी गर्ने । र, यस्तो कोरोनाको विरुद्ध लड्नुपर्ने, सबै मानिसहरु चिन्तित भएको बेलामा हामी कसैलाई पनि थाहा, सुइको केही पनि नदिएर, पार्टीका सचिवालयका व्यक्तिलाईसमेत जानकारी नगराइकन पार्टी विभाजन गर्न सजिलो कानुन ल्याउनुको अन्तरनिहीत अन्ततः जसरी हिजो उहाँले बालुवाटारमा गुटगत भेला गर्नुभयो । त्यहाँ अर्का अध्यक्षलाई जानकारी छैन । अन्य नेताहरु उपस्थिति छैनन् । त्यस्तो अवस्था जसरी उहाँले केही सांसद्हरुलाई बोलाएर प्रतिवाद गर्नुपर्छ भन्नुभयो । त्यो हो पार्टी विभाजनको बिजारोपण । हामीले आजसम्म त्यस्ता भेला गरेका छैनौं । हामीले बैठकहरु मात्रै गरेको छौं । जुन बैठकमा पार्टीका सचिवालयका नेताहरुको जानकारीमा, उहाँका निटकमा रहेका साथीहरुसँग पार्टीको हितमा गरिएका सामान्य छलफल मात्रै हो । हामीले गटगत भेलाहरु गरेका छैनौ । तर, उहाँले त योभन्दा पहिला पनि त्यस्ता गुटगत भेलाहरु गर्नुभएको छ । उहाँले त यो अध्यादेश ल्याउनुभन्दा अगाडि पनि अब पार्टी फुट्नेभो त्यसकारण अध्यादेश ल्याउनुपर्ने भो भन्ने कुरा गरेको समेत जानकारीमा आएको छ । त्यसकारण यस्तो देश महामारीको संकटमा परेका बेला गुटगत भेला गरेर पार्टीको मर्यादा र जनताको आकांक्षामाथि खेलबाड हुने क्रियाकलाप भएका छन् । सरासर पार्टी, नेता, कार्यकर्तामाथिको खेडवाड हो ।

हिजो प्रदीप ज्ञवालीले एउटा प्रस्ताव ल्याउनुभएको छ, मन्त्रिमण्ड पुनर्गठन र प्रदेश मन्त्री हेरफेरमा तपाईंहरुको विमति छ कि छैन ?

तपाईंको यो लोकप्रिय कार्यक्रममार्पmत म त्यहाँको यथार्थ भन्न चाहन्छु । तपाईंले जुन उहाँले प्रस्ताव लिएर आउनुभयो भन्नुभयो त्यो नै गलत हो । यो गलत सूचना प्रवाह भएको छ । त्यहाँ उहाँहरु छलफल गर्न भनेर आउनुभएको हो । हामीले त्यो माधव नेपाल समूहको भेला भनेर गठन गरेको पनि होइन । म पनि त्यो उद्देश्यले गएको होइन । यद्यपि पार्टीभित्र समस्या आएपछि औपचारिक रुपमा छलफल गरौं भन्ने हो । उहाँहरुले त्यस्तै कुनै प्रस्ताव ल्याउनुभएको छैन । उहाँले कुनै मुख्यमन्त्री, मन्त्रिमण्डलको कुरा गरेका पनि होइनन् । हामीले खाली फाउन्डेसनको रुपमा देशब्यापी रुपमा जसरी गतिविधिहरु भएको छन् निरन्तर यसको विरुद्धमा जुटिरहेका छौं । हामीले खाली केन्द्रीय कमिटिमा सबेर छलफल गर्ने अनि कुन कुन संस्थाहरु चलाउने र कुन कुन नचालाउने भनेर पार्टीको निर्णय गरेर ल्याउने भनिएको थियो । तर, पार्टी सचिवालयमा अहिलेसम्म प्रवेशै गराइएन । अहिले पार्टीका अध्यक्ष अध्यक्ष, पार्टीका वरिष्ठ नेताहरु र अन्य तमाम साथीहरुले बैठकको माग गरेका छौं । त्यति गर्दा पनि बैठकको आयोजना हुँदैन । अनि अरु चाहीं पार्टी फुटाउन थाले र अनि हामी चाहीं पार्टी बँचाउन लागेका छौं रे कसैले पत्याउला । जहाँ पार्टीको संस्थागत निर्णय मानिन्छ । पार्टीका सानाभन्दा साना कार्यकर्तादेखि नेताहरुको कुरा सुनिन्छ । त्यहाँ त्यस्ता व्यक्तिहरुको कदर हुन्छ अनि मात्रै पार्टी बलियो हुन्छ । त्यहाँ भएका केही साथीहरुबाट के प्रचार गरिन्छ भने यो जति पनि उपलब्धी छ यसमा कसैको योगदान छैन ।

प्रधानमन्त्री नजिकका नेताहरुको कुरा सुन्नुभयो छ, केपी ओलीबिनाको नेकपा कल्पनै नगर्नुहोस् भनेर उहाँहरुले ठोकुवा गरिसक्नुभयो नि ?

म तपाईंलाई भन्छु । उहाँ जुन बेला कारागारमा हुनुहुन्थ्यो, त्यतिबेला पार्टीको परिकल्प कसले गरेको थियो ? उहाँले जेलमा बसेर थेग्नुभएको हो र । उहाँले त्यहाँ बसेर त्याग, तपस्या गर्नुभयो म त्यसको पुरै सम्मान गर्छु । कतिपय समयमा विपक्षीहरुसँग प्रतिवाद गरेर हामीले आ–आफ्नो ठाउँबाट योगदान गरेका छैनौं ? अहिलेको समस्या भनेको सबैको योगदानबाट यो पार्टी बनेको हो । उहाँ अध्यक्ष भएकाले बढी गर्नुभयो होला म नै त्यहाँ थिएँ भने मैले गर्नुपथ्र्यो त्यो नेतृत्वको कर्तव्य हो । अर्को अध्यक्ष भएको भए उहाँको पनि कर्तव्य हुन्थ्यो त्यसैले कर्तव्य पालना गरेकाले म नै सबैथोक हो भन्न मिल्दैन ।

गोकुल बाँस्कोटाले त केपी ओलीबिना अहिले नेकपा चल्दैन, कसैले घरमा बसेर षडयन्त्र नगरेहुन्छ उहाँलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै राख्नुपर्छ भन्नुभयो नि ?

कुन व्यक्तिले के टिप्पणी ग¥यो भन्नेतिर म जान्न । तर, यहाँ भन्छु, ‘पार्टीको सचिवालयमा कुनै छलफलै नगरी र कुनै नेताहरुसँग सहमति नै नगरी अध्यादेश ल्याएर पार्टी फुटाउन खोज्ने मान्छे षड्यन्त्रकारी कि पार्टीविभाजका कुरा यतिबेला नगरौं, त्यो समाजवादी होस् या कुनै होस् । यतिबेला त राष्ट्रलाई एकताबद्ध गरेर कोभिड–१९ को विरुद्ध एकजुट हुनुपर्छ भन्ने षड्यन्त्रकारी हुन्छ ? अहिले जतिपनि गतिविधिहरु बजारमा आएका छन् । त्यो के हामीले गरेका हौं ? त्यो कोठामा बसेर षड्यन्त्र कस्ले ग¥यो ? नेकपाका कार्यकर्ताहरु सबैले बुझ्छन् । अनि म पदमा बसेँ भने पार्टी रहन्छ, म पदमा बसिन भने पार्टी नै रहँदैन भन्ने सोच नै उहाँको लगत हो । यही हो त नेतृत्वले गर्ने काम ? त्योभए हिजो पार्टी एकता गर्दा हामीलाई निर्वाचित उपाध्यक्षबाट हटाउँदा के हामीले पार्टी फुटाउनुपर्छ भन्यौं र ? त्यसैले पद ठूलो कुरा होइन । यहाँ केही मान्छेहरुले पद नै सबैभन्दा ठूलो कुरा ठानेका छन् ।

अध्यादेश खारेज भएकाले अब विवाद नै रहेन भन्ने आएको छ, नि ओलीपक्षबाट ?

 

अध्यादेश खारेज भएपछि ढुक्क हुने अवस्था भएको भए हिजो बालुवाटारमा किन फेरि बैठक बस्यो त ? किन प्रधानमन्त्रीले त्यसरी छुट्टै गुटको बैठक बोलाएको त ? अध्यक्षजस्तो व्यक्तिले नै त्यो गरेपछि हामीले पनि भेला बोलाउने अधिकार राख्छौं कि राख्दैनौं ? जब अध्यक्षजस्तो व्यक्तिले नै अरुका विरुद्ध लड, जुद भनेर गुटको भेला गरेपछि अरुले त्यसको विरुद्ध बोल्ने अधिकार राख्छन् कि राख्दैनन् ? अरुलाई अनुसानका पाठ सिकाउने मान्छेले त आफूले नमुना भएर देखाउनुपर्यो । आफू नै पार्टीले गरेको निर्णय नमान्ने । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याउन पार्टी सचिवालयले निर्णय गरेको कति भयो ? अध्यक्षले चाहीं कुनै निर्णय मान्नुनपर्ने तर, अरु सबैले उहाँले भनेको मान्नुपर्ने ? त्यसकारण सरकार र पार्टीको साख जोगाउनको लागि पनि उहाँले अब मार्ग प्रशस्त गर्नुपर्छ । कतिपय उहाँका समर्थकहरुले निर्वाचित अध्यक्ष कसरी हट्न मिल्छ भन्ने प्रश्न गरिरहेका छन् । त्यसोभए म पनि निर्वाचित उपाध्यक्ष हुँ, तर म कसरी हटेँ त ? म कुनै दोस्रो जर्जाको नागरिक र दोस्रो दर्जाको कम्युनिस्टपार्टीको सदस्य हुँ र ?

तपाईंहरुले हिजो जसरी माधव नेपाललाई अध्यक्ष बनाउने सहमति गर्नुभयो भन्ने छ, यो के हो ?

त्यो सतप्रतिशत गलत हो । माधव नेपाल यस्तो व्यक्ति हो जो पार्टीमा पराजित भएपछि महासचिव पदबाट नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो पार्टीमा मतभेद हुन थालेपछि ल साथी हो बरु पदबाट राजीनामा दिन्छु भनेर राजीनामा दिने व्यक्ति पनि उहाँ नै हो । के माधव नेपालले महासचिव र प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपर्दा पार्टी फुटाउँछु भन्नुभएको थियो ? अहिले केही साथीहरुले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री छोड्नुपर्दा पार्टी फुट्ने धम्की दिइरहेका छन् नेपाल कम्युनिस्ट पार्टीमा यो सुहाउने कुरा हो ? यो कुरा पार्टीको सिद्धान्त, अनुसान र पद्धतिसँग मिल्दैन ।

तपाईंहरुले सम्झौता गर्न एक मुख्य मन्त्री चाहिएको हो ?

यो एकदमै गलत कुरा हो । हामीलाई अहिले कुनै पद चाहिएको छैन । जुन तरिकाले पार्टी धरासायी बनिरहेको छ, आगामी निर्वाचनमा लाजमर्दो हुने अवस्था देखिएको छ । त्यसको निराकरणको लागि सबैभन्दा पहिला सचिवालय बैठक त्यसपछि स्थायी कमिटि र केन्द्रीय कमिटि पनि बस्नुप¥यो ।

अहिले माधव नेपाल ओली र प्रचण्ड दुवैतिर हुनुहुन्न, उहाँले मध्यस्थताको भूमिका निर्वाह गरिरहनुभएको छ, तपाईं कता ?

अहिले माधव नेपाल मूलधारमा हुनुहुन्छ । माधव नेपाल अहिले मलाई कुनै पद चाहिएको छ पनि भन्नुभएको छैन ।

हिजो माधव नेपालले ओलीसँगको भेटमा एक पद मलाई चाहियो भन्नुभएको होइन ?

त्यो पनि गलत सूचना प्रवाह हो । यी मान्छेहरु पार्टीको नीति र सिद्धान्तको लागि होइन कि पदका लागि काम गरिरहेका छन् । आफ्नो उद्देश्य पूर्तिका लागि अरुको टाउकोमा दोष थोपरेर कुप्रचार गरिरहेका छन् । यदि माधव नेपालले त्यो कुरा भनेको हो भने स्थायी कमिटि बोलाएर त्यो कुरा छलफलमा राख्नुप¥यो । हामी त्यतिबेला सुन्छौं ।

माधव नेपाल र तपाईंहरु अहिले प्रचण्डसँग हुनुहुन्छ ?

हामी प्रचण्ड, माधव नेपालसँग हुने प्रश्नै होइन । हामी त खाली पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छौं । जसरी हिजो अध्यादेश ल्याएर सुनियोजित गतिविधि हुनलागेको थियो त्यो रोकियो । आगामी दिनमा यसरी पार्टी विभाजित नहोस्, भएका कमीकमजोरीहरु हट्न्, र पार्टीको नीति, सिद्धान्त र निष्ठामा आँच नआओस् भन्ने पक्षमा हो । त्यसको लागि कसैले पद छोड्नुपर्ने होला, कसैले राजीनामा पनि दिनुपर्छ होला ।

त्यसोभए तपाईंहरुले प्रधानमन्त्रीको राजीनामा माग्नुभएको छैन ?

त्यो पदमा बसेका व्यक्तिहरुले जे जे गतिविधिहरु गरेका छन् त्यसको मूल्यांकन गरेर पद पनि छोड्न सक्नुपर्छ । कसैले पद छोड्नुस् भनेर छोड्ने होइन । संस्थागत निर्णय हुनुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot