Logo

ताप्लेजुङ, खोटाङ र दार्चुलाका डिएसपी फेरिए



काठमाडौं, २१ बैशाख । प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका डिएसपी हेरफेर गरेको छ । ताप्लेजुङ, खोटाङ र दार्चुलाका डिएसपी फेरिएका हुन् ।

ताप्लेजुङमा महेन्द्र श्रेष्ठ, खोटाङमा नारायण चिमोरिया तथा दार्चुलामा पदम बिष्टलाई पठाइएको छ । ती जिल्लाका डिएसपी एसपीमा बढुवा भएपछि काज सरुवा गरिएको हो ।

बढुवा भएका एसएसपी र एसपीलाई आइतबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह लगाउन लागिएको छ। त्यसपछि थप एसपी र डिएसपीकाे सरुवा र पदस्थापनको तयारी छ ।

यसअघि ६ जिल्लाका एसपी सरुवा गरिएकाे थियाे ।

सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो । दृष्टिबाट File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot