Logo

एक किलो आँटाकाे प्याकेट लिंदा दुखी, प्याकेट भित्र १५ हजार भेटेपछि दंग



२१ वैशाख : हाल टिकटकमा आमिर खान निकै चर्चित बनेका छन् । उनी आफू टिकटकमा सहभागी नभएतापनि उनका बारेमा टिकटकमा निकै चर्चा भइरहेको छ । कोरोना महामारीका पिडित मजदुरहरुलाई आमिरले गरेको सहयोगबारे टिकटकमा प्रशंसा भइरहेको हो ।

कोरोना भाइरसको संक्रमण भारतमा बढ्दै गएको छ । हालै मात्र भारतमा लकडाउन पुन: दुई साता थपिएको छ। यस्तो अवस्थामा केयौँ श्रमिकहरुको अवस्था निकै कष्टपरक रहेको छ। यसैबीच सेलिब्रटीहरुले गरिब श्रमिकहरुलाई सहयोग गरेको खबर पनि आइरहेको छ। यस्तै आमिरको खानले नयाँ तरिकाबाट गरेको सहयोगको बारेमा टिकटकहरु बनाइयो। जसमा बलिउड अभिनेता आमिरले गरिब श्रमिकहरुलाई नयाँ र अचम्मको ढंगबाट राहत वितरण गरेको बताइएको छ ।

भिडियोका अनुसार आमिरले अप्रिल २३मा दिल्लीको एक क्षेत्रमा एक ट्रकभरी गहुँको पिठो वितरण गर्नकालागि पठाए । एक परिवारले एक किलोको पिठो पाउने भनिएको थियो । तर धेरैजसो केवल एक किलो पिठो मात्र भन्दै पिठो लिन मानेनन् ।तर केहिले भने उक्त सहयोग स्वीकार गरे । टिकटक भिडियोका अनुसार हरेक गरिब परिवार जसले एक किलोको पिठो लिएर घर गएका थिए,ती हर प्याकेटमा १५ हजार भारतीय रुपैयाँ पनि थियो । वास्तविक गरिबहरुले सहयोग पाउन् भन्ने उद्धेश्यका साथ यो योजना आमिर खानले बनाएको भिडियोमा दाबी गरिएको छ । यद्यपी हालसम्म यसबारे आमिरले केहि खुलासा गरेका छैनन् ।

चर्चित बलिउड अभिनेता आमिरले आफूले गरेको सहयोगबारे सामाजिक संजालमा बोल्ने गरेका छैनन् । उनले भारत सरकारको कोरोना नियन्त्रण कोषका साथै चलचित्र क्षेत्रका दैनिक ज्याला मजदुरी गर्नेहरुलाई पनि सहयोग गरेका छन् ।

आमिर हाल आफ्ना परिवारसँग क्वारेन्टाईनमा छन् ।उनी पछिल्लो पटक अभिनेता ऋषि कपुरको अन्त्येष्टिमा देखिएका थिए । मेरो लगानी



प्रतिक्रिया दिनुहोस्

Screenshot