Logo

भारतले सुगौली सन्धीलाई आधार मान्न तयार नभए नेपालले टिस्टा र काँगडासम्म दाबी गर्नुपर्छ- डा. लोहनी



काठमाडौँ, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीले नेपाल भारत सीमा विवादका विषयमा नेपालसँग भन्दा भारतसँग कम प्रमाण भएकाले उ धरै कुरामा अनविज्ञ रहेको बताएका छन् । उनले सुगौली सन्धीका समयमा भएको नेपाल र भारतकबीचको सीमा निर्धारण गर्दा गरिएका सहमति र प्रमाण भारतसँग नभएकाले उसले मिचाहा प्रबृति देखाएको बताए।

हपत्रकार ऋषि धमला रेडियो एनआरएनसँग कुरागर्दै अध्यक्ष लोहनीले सीमाका विषयमा भारत सरकारलाई नेपाल सरकारले यथेष्ट प्रमाण राखेर बुझाउन नसक्दा सीमा समस्या समधान हुन नसकेको बताए । उनले सीमा विवादका विषयमा आफु परराष्ट्रमन्त्री भएको समयमा महाकाली वारीको भूभागमा भारतको अधिकार छ भने प्रमाण दिनुहास भन्दा उनिहरुले दिन नसकेको बताए ।

उनले भने, हामी सीमा विवादका विषयमा बार्तामा बस्यौँ । दुवै देशको दावी रह्यो । हामीले मित्रराष्ट्र भारतसँग सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो र यसमा धेरै विवाद भयो अब टुंग्याउ भन्दा उहाँहरुले पनि दावी गर्नुभयो । हामीले प्रमाण माग्यौँ तर, उहाँहरुले दिन सक्नु भएन । प्रमाण दिन नसकेपछि यो विषयमा अहिले प्रमाण भएन पछि फेरी बसौँला भनेपछि हामी उठ्यौँ’ ।

यो विवाद दुवैतिर रहेकाले सुगौली सन्धीलाई आधार बनाएर कुटनीतिक रुपमा पहल र छलफललाई गहन ढंगले अगाडी बढाउन आवस्यक रहेको बताए । भारतले सुगौली सन्धीलाई आधार मान्न तयार नभएको खण्डमा नेपालले कांगडा र तिस्टासम्मका कुरामा दावी गर्नुपर्ने बताए ।

अहिले पनि भारतले कालापानी देखि लिम्पियाधुरा सम्मको भूभाग मेरो हो भनिरहेको तर, त्यसलाई नेपाली पक्षले प्रस्ट पार्न नसकेको लोहनीको भनाइछ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिन पटक नेपाल आउँदा पनि नेपाल सरकारले सीमाको कुरा राख्न नसकेको दावी गर्नुभयो । माग्ने, ढोग्ने भन्दा अरु काम प्रधानमन्त्रीबाट नहुनु नेपाल सरकारको कम्जोरी भएको लोहनीको भनाइ छ ।

डा लोहनीले भारतले नक्सा निकालेको समयमा यो जमिन हाम्रो भनेर नेपाल सरकारले आफ्नो नक्सा ननिकाल्नुमा कुनियत लुकेको बताए । नेपाल सरकारले पत्र पठाएको राम्रो भएपनि ढिलाई भएको भन्दै उहाँले समयमै नेपाल सरकारले कुरा उठाएर विरोध गरेको भए भारतले आफो भूमिबाट सडक बनाउने बताए।

उहाँले भन्नुभयो,‘ सार्वभौम राष्ट्रले आफ्नो सीमाको रक्षा गर्न सक्नुपर्छ । नेपाल एक्लो छैन विश्वमा धेरै देश छन । उनिहरुलाई पनि सुनाउनुपर्छ । चीनको प्रर्दशन गलत थियो नेपाल प्रहरीले संयमित भएको हो । जमिनको विवाद सीमाना भएका छिमेकी संगै हुने हो । भारतको बंगलादेशसंग पनि थियो त्यो मिल्यो तर, अरु देशसंग मिलेको छैन’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot