Logo

सदगुरु बासुदेवको टिप्पणी- वामपन्थी दाबी गर्नेहरुको आफ्नै घर र आफू केन्द्रित सोच



काठमाडौं, २ जेठ । भारतका चर्चित दार्शनिक सदगुरु जग्गी वासुदेवले आफूलाई वामपन्थी भन्नेहरुले वामपन्थीले जीउनुपर्ने जीवनभन्दा ठिक विपरितको जीवनयापन गरिरहेको टिप्पणी गरेका छन् । उनले वामपन्थी दाबी गर्नेहरुको जीवनशैली, विचार र नियतले उनीहरुलाई वामपन्थी अथवा उदारवादी नदेखाएको बताएका हुन् ।

इन्डियन एक्सप्रेसमा आज प्रकाशित सदगुरुको लेखमा भनिएको छ, ‘मानिसहरु जसले आफूलाई वामपन्थी दाबी गर्छन् उनीहरु त्यस्तो छैनन् । धेरैजसो आफ्नै घरमा बस्छन् र वामपन्थीको दर्शनको कुरा गर्छन् । उनीहरुको जीवनशैली, विचार र नियतले वामपन्थी वा उदार देखाउँदैन ।’ साम्यवादको अर्थ सबै मिलेर बस्ने र एक अर्कामा बाँडेर उपभोग गर्ने भएको उल्लेख गर्दै आफूलाई कम्युनिस्ट दाबी गर्नेहरुमा त्यस्तो अभ्यास नभएको टिप्पणी गरेका छन् ।

बामपन्थी दाबी गर्नेहरुको आफ्नै घर र आफू केन्द्रित सोच रहेको लेखेका छन् । उनीहरुको चाहना रक्सी र विलासी खानामा मस्त बसेर विरोधमै समय बिताउने चाहना हुनेगरेको उल्लेख गरे ।

वामपन्थी विचारले आफ्नो जीवन आफ्ना लागि नभई समाज र समुदायको लागि हो भनेको उल्लेख गर्दै वामपन्थी दाबी गर्नेहरु आफ्नै घर र आफ्नो हितमा केन्द्रित रहेको टिप्पणी गरेका छन् । उनले आफूले स्थापना गरेको द इशा योगा सेन्टर समुदाय भएको र कम्युनिष्ट बन्दोबस्तीको रहेको दाबी गरेका छन् । इशा योगा सेन्टरमा कसैले पनि धर्म, जात, जन्मिएको स्थान र बाबुको नाम नसोध्ने भन्दै साम्यवादको व्याख्यामा भएजस्तै अभ्यास भएको उल्लेख गरेका छन् ।

उदारको अर्थ आफ्नो मनमा जे छ त्यही बोल्नु, सुन्नु र जे गलत छ त्यही प्रष्ट बोल्नु हो भन्दै वामपन्थी दाबी गर्नेहरुमा त्यसको विपरित हुनेगरेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot