Logo

लकडाउनमा घर फर्कदै गरेकालाई प्रियंकाका पति रोबर्टले किने जुत्ता र खानेकुरा



रोबर्ट भद्राको नाम भारतको गान्धी परिवारसँग जोडिन्छ । उनी कँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीका ज्वाईं हुन् । राजनीतिमा छाइरहेकी प्रियंका गान्धीका पति रोबर्ट विवादमा आइरहन्छन् । उनी व्यवसायमा सक्रिय छन् ।

रोबर्ट भद्राले यसपटक लकडाउनमा सामाजिक सेवामा सक्रियता देखाएका छन् । उनले घर फर्कदै गरेका यात्रीलाई बाटोमा खानेकुरा दिने अभियान चलाएका छन् ।

रोबर्टले जुत्ता, चप्पपल, पानी, बिस्कुट, दालमोठलगायतका सामान किनेर ट्वीटर पेजमा राखेका छन् । कोरोना भाइरसको संक्रमणपछि भारतमा लकडाउनका कारण एक राज्यबाट अर्को राज्यमा जाने श्रमिकहरु घर फर्किइरहेका छन् । उनीहरु बाटोमा भोकै परेको विषय आइरहेको छ । तस्बिरः ट्वीटर



प्रतिक्रिया दिनुहोस्

Screenshot