Logo

यी हुन् आज थपिएका एक मृतकसहित ११ कोरोना भाइरसका संक्रमित (सुचीसहित)



काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २९२ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । साँझ विहान मृत्यु भएका अर्का युवकको समेत कोभिड १९ परीक्षण पोजेटिभ भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विहान पत्ता लागेका संक्रमितहरु सबै रौतहटका पुरुष हुन् । योसँगै हालसम्म संक्रमितमध्ये २३७ पुरुष र ५५ जना महिला रहेका छन् ।

आज विहान मृत्यु भएका युवकको परीक्षणबाट पनि कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि ३ जेठमा सिन्धुपाल्चोककी महिलाको संक्रमण पुष्टि भएको थियो ।

संक्रमितको विवरण
१. रौतहट राजपुर फरहदवाका १८ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
२. रौतहट राजपुर फरहदवाका ३२ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
३. रौतहट राजपुर फरहदवाका ३६ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
४. रौतहट राजपुर फरहदवाका ३९ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
५. रौतहट राजपुर फरहदवाका ३९ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
६. रौतहट राजपुर फरहदवाका ४२ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
७. रौतहट राजपुर फरहदवाका ४८ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
८. रौतहट इशनाथ नगरपालिकाका २८ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
९. रौतहट इशनाथ नगरपालिकाका ३० वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
१०. रौतहट इशनाथ नगरपालिकाका ३३ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
११. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।



प्रतिक्रिया दिनुहोस्

Screenshot