Logo

गगन थापाको प्रश्न : ‘जसले सिमानामा अलपत्र परेको आफ्नो नागरिक साथीलाई जोगाउन सक्दैन्, त्यसले मेरो भूमि फिर्ता ल्याईदिन्छ ?



काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउँछ भन्ने आफूलाई रत्तिभर विश्वास नलागेको टिप्पणी गरेका छन् । सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताएका हुन् । थापाले सीमामा अलपत्र परेका नेपाली र विदेशमा कोरोनाका कारण रोजगारविहीन भई अलपत्र परेका नेपालीलाई सरकारले फिर्ता ल्याउन नसकेको गुनासो पनि पोखे ।

उनले भनेका छन्-‘यो दस्तावेज पढ्दै गर्दा म निराश र आक्रोशि होईन, म लज्जित भएको छु । लिम्पियाधुरासहित समावेश गरेको नक्शा निकालिन्छ र संगसँगै भूभाग समेटिनको लागि पहल गरिन्छ भन्दै गर्दा मेरो माननीय साथीहरु सँगसँगै मैले पनि टेबल ठट्याएँ । ठट्याएँ । किनकी नक्शा पनि बनाईन्छ र लुटेको भूभाग पनि फिर्ता ल्याईन्छ । तर, घर गएर आफैंलाई सोधें जसले सिमानामा अलपत्र परेको मेरो नागरिक साथीलाई जोगाउन सक्दैन्, त्यसले मेरो सीमा जोगाईदिन्छ ? जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन्, त्यसले मेरो भूमि ल्याईदिन्छ ? यो संसदमा कहिलेकाहीँ बहस हुन्छ, राष्टियता भनेको माटो हो कि मान्छे हो ? दुई वटै हो सभामुख महोदय । माटो पनि हो । मान्छे पनि हो । जसले मान्छे चिन्न सक्दैन्, जसले आफ्नो मान्छे जोगाउन सक्दैन् । त्यसले माटो जोगाउनपनि सक्दैन् । जसलाई पसिनाको गन्धको आनन्दको अनुभुति हुँदैन् ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रममा बारीदेखि भकारीमा परेको प्रभावबारे खासै उल्लेख नभएको थापाको भनाइ छ। थापाले भने,‘सरकारको अभूतपूर्व कामले संक्रमण कम भयो भनिरहँदा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भनेर कसैले भनेन ।’ थापाले भने-‘कोरोनाबाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका र तयारी हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन।’



प्रतिक्रिया दिनुहोस्