Logo

एस.डी. मुनीलाई गगन थापाको जवाफ : ‘नेपालको निर्णय क्षमतामा प्रश्न नगर, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो’



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ जक्सा जारी गरेपछि मुनीले नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेपछि थापाले त्यसको जवाफमा यस्तो बताएका हुन् ।

मुनीको ट्विटमा जवाफ दिँदै थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा दृढ रुपमा उभिएको स्पष्ट पारेका छन् । तर, मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भाइरस भनेर गरेको टिप्पणीमा थापाले पनि प्रधानमन्त्री ओलीको यस सम्बन्धको अभिव्यक्तिलाई अवैज्ञानिक र आफूहरुपनि असहमत रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्