Logo

भारतीय नेताले नेपालको अखण्डता र स्वाधिनताविरुद्ध बोलेको भन्दै भीम रावल जंगिए- ‘भारतले नेपाली भू-भाग छोड्नुपर्छ’



काठमाडौं, ९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सांसद डा. भीम बहादुर रावलले भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीले नेपाल भारत सिमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै केही भनाई अस्विकार गरेको जनाएका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा भारतीय नेता जोलीले कालापानी सामरिक महत्वको हो, भारतले कुनै हालतमा छाड्दैन् भन्ने अभिव्यक्ति दिएका थिए । धमलासँगको अन्तर्वार्तामा जोलीले गरेको टिप्पणी नेपालको राष्टिय अखण्डता र स्वाधिनताको विपक्षमा भएकोले त्यसलाई अस्विकार गर्ने नेता रावलको भनाई छ ।

नेता रावलले सिमा विवादको समाधान गर्न नेपाल र भारतबीच सम्वाद हुनुपर्नेमा पनि जोड दिएका छन् । त्यस्तै, उनले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा पनि भारतले नेपाली भूभाग छोड्नुपर्ने बताएका छन् ।

जोलीले के भनेका थिए ? हेरौं भिडियो :



प्रतिक्रिया दिनुहोस्

Screenshot