Logo

न्युजील्याण्ड कोरोना परास्त गर्न सफल, अस्पतालमा रहेका अन्तिम संक्रमित डिस्चार्ज



एजेन्सी १६ जेठ : न्युजील्याण्डले कोरोना परास्त गर्न सफल भएको छ । न्युजील्याण्डको अस्पतालमा रहेका अन्तिम कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल न्युजील्याण्डको अस्पतालमा भने कोरोना संक्रमणका बिरामी नरहेको जनाइएको छ ।

कोरोना संक्रमित बिरामी मिडलमोर अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । न्युजील्याण्डमा लगातार पाँचौ दिनसम्म पनि कुनै नयाँ कोरोना संक्रमित पाइएको छैन।

गत महिना न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले देशले कोरोना भाइरस विरुद्धको युद्ध जितेको घोषणा गरेकी थिइन्। अन्य देशहरु कोरोनाविरुद्ध लड्दै छ। उक्त भाइरसको खोपको निर्माणका लागि बिश्व नै लागिपरेको छ। खोपहरु भने अनुसन्धानको क्रममा रहेको छ।न्युजील्याण्डमा कुल १५ सय जनामा कोरोना भाइरसको पुष्टि भएको थियो भने २२ जनाको ज्यान गएको थियो।



प्रतिक्रिया दिनुहोस्