Logo

बन्दुक सहित पक्राउ



काठमाडौं, २६ जेठ । भरुवा बन्दुक तथा हातहतियार सहित २ जना पक्राउ परेका छन् । प्रहरीले सिरहा गोलबजार नगरपालिका जम्दह कुपगैरीबाट कुल बहादुर पुर्वछानेसहित २ जनालाई २ थान भरुवा बन्दुक र लोड भएको छर्रारबारुदहरु सहित आइतबार दिउँसो पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिकाका गंगा बहादुर थापामगर भरुवा बन्दुक १ थान, बारुद करिब २ सय ग्राम र छर्रा २ सय ग्राम सहित आइतबार राति पक्राउ परेका छन् । गंगा बहादुरको घरमा अवैधरूपमा हतियार लुकाई राखेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot