Logo

२५० जना कोरोना संक्रमित थपिए, कुल संख्या ४६१४



काठमाडौ, २९ जेठ । नेपालमा कोरोना भाइरसका २ सय ५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमित ४ हजार ६ सय १४ पुगेका छन् । जसमध्ये ३२९ महिला र ४२८५ पुरुष छन् ।

यसअघि हिजो दुई सय ७९ कोरोना भाइरसका संक्रमित थपिएका थिए । हिजो संक्रमित सख्या ४ हजार ३ सय ६४ पुगेको थियो । यसैगरी, संक्रमितमध्ये महिलाको तुलनामा पुरुषको संख्या १३ गुणाले बढी छ ।



प्रतिक्रिया दिनुहोस्