Logo

गुजरातमा ५.५ रेक्टर स्केलको भूकम्प



एजेन्सी ३२ जेठ । भारतको गुजरात राज्यमा ५.५ रेक्टर स्केलको भुकम्प गएको छ । आइतबार साँझ गुजरातको कच्छ जील्लाको भुज क्षेत्र नजिक ५.५ रेक्टर स्केलको भुकम्प गएको हो । सिस्मलोजी राष्ट्रिय क्न्द्रले भुकम्पको केन्द्रबिन्दु राजकोट रहेको जनाएको छ ।

बेलुकी करिब ८.१३ पी एममा गएको केन्द्रले जानकारी गराएको छ । कुनै मानवीय क्षती नपुगेको क्न्द्रले स्पष्ट पारेको छ । केही मिनेट नबित्दै २.९ रेकटर स्केलको भुकम्प जम्मुमा समेत गएको जनाइएकोछ ।

गुजरातले सोही क्षेत्रमा विगत देखि तीन ठूलो भुकम्पको सामना गरिसकेको छ । भुकम्पमा करिब २० हजारको ज्यान गएको थियो ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot