Logo

चीनमा फेरि नयाँ कोरोनाभाइरसको प्रकोप, युद्धकालका उपाय अपनाइदै



एजेन्सी २ असार : चीनमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले गत आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना संक्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै संक्रमित एकैपटक देखिएको अधिकारीहरुको भनाइ रहेको छ । बेइजिङले संक्रमणको संख्यामा वृद्धि देखेपछि पुनः कडा रुपमा लकडाउन गर्ने निणय लिन सक्ने बुझिएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पुर्वअवस्थामा रहेका छन् ।

संmक्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेको जनाइएको छ ।

पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।कोभिड–१९ बाट संक्रमित ५३ नयाँ विरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ ।सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो ।कोभिड–१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।

विगत केही समय देखि चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भएपनि पछिल्ला केही हप्तामा न्यून संख्यामा नयाँ सङ्क्रमित विरामीहरू भेटिन थालेका छन् ।

बेइजिङ नगर सरकारका प्रवक्ता सु हेजिआनले सोमबार पत्रकार सम्मेलनमा भनेका कुरालाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, “हामीले हरेक व्यक्तिलाई महामारीका रूपमा विश्वभर फैलिएको स्वास्थ्य सुरक्षाका उपायलाई एक पल पनि नछोड्न सचेत बनाइरहेका छौँ । हामीले भाइरसविरूद्धको लामो लडाईंका लागि तयार हुनैपर्छ ।”

“हामीले विदेशबाट आउने कोभिड–१९ का विरामीसँग सचेत बन्नुपर्छ । विदेशबाट चीन आउने व्यक्तिसँग भाइरस पनि आउनसक्ने हुँदा महामारी नियन्त्रण लामोसमयसम्म जटिल तथा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहने देखिएको छ,” उहाँले भन्नुभयो। उक्त क्षेत्रहरुमा कोरोना नियत्रण गर्ने युद्धकालिन षड्यन्त्रको उपायहरु अपनाई रहेको जनाइएको छ। सीएनएनको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot