Logo

आज २०७७ असार ७ गते आइतबारको राशिफल (सूर्यग्रहण फलसहित)



आज श्री शाके १९४२ बि.स.२०७७ साल असार ७ गते आइतबार इश्वी सन २०२० जुन २१ तारीख आषाढ कृष्णपक्ष औंसी तिथी मृगशिरा नक्षत्र गण्ड योग नाग करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा सोम्य योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अमावस्या, स्नानदान गर्ने तथा हलो बार्ने औंसी, चूडामणि योग, खण्डग्रास सूर्य ग्रहण,ग्रहण स्पर्श– १०ः५० बजे, मध्य –१२ः३८ बजे, मोक्ष– १४ः२३ बजे ग्रहण लाग्ने अवधि– ३ घण्टा ३३ मिनेट (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रजनहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा निकै राम्रो समय रहेकोछ । सूर्यग्रहण फल श्री प्राप्ती ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । खराब संगतका कारण कार्य क्षेत्रमा साधारण अपजस आईपर्ने सम्भाबना रहेको छ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । सूर्यग्रहण फल क्षति ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । सूर्यग्रहण फल घात ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारिरीक आलस्यताले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सूर्यग्रहण फल व्यय ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । सूर्यग्रहण फल लाभ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । सूर्यग्रहण फल सुख ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । सूर्यग्रहण फल मान नाश ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । सूर्यग्रहण फल कष्ट ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । सूर्यग्रहण फल स्त्रीपीडा ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । सूर्यग्रहण फल सुख ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । सूर्यग्रहण फल चिन्ता ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । सूर्यग्रहण फल व्यथा ।



प्रतिक्रिया दिनुहोस्