Logo

बाख्राले गर्यो यस्तो चमत्कार, गाँउले सबै छक्क



काठमाडौं, असार ७ । सामान्यतयाः एक, दुई, तीनसम्म हामीले देखेका वा सुनेका छौँ । तर एक बाख्राले ५ वटा पाठा जन्मायो भन्दा तपाँईलाईँ विश्वास लाग्छ? यस्तै सत्य घटना घटेको छ । त्यो पनि हाम्रै नेपालमा । समाचारमा जनाइए अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो कुरा बाहिर आएको छ ।

जिल्लास्थित गुर्भाकोट नगरपालिका–९ भालुखोलामा एक बाख्राले ५ वटा पाठा जन्माएको हो । गुर्भाकोट नगरपालिका–९ मा युवराज वलीको घरको बाख्रीले ५ वटा पाठा जन्माएको हो । स्थानीय युवा समाजसेवी वीरेन्द्र वलीका अनुसार उक्त बाख्राले यो भन्दा अगाडीसम्म दुई वटा मात्र पाठा दिने गर्थ्यो तर यसपटक भने ५ वटा पाठा जन्माएको हो । अहिले उक्त बाख्राको फोटोसमेत समाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot