Logo

होटल बुक गरेर जुवा



नुवाकोट, ७ असार । जुवातास खेलिरहेको अवस्थामा १० जना नगदसहित शनिबार दिउँसो पक्राउ परेका छन् । बिदुर नगरपालिका स्थित सतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद १ लाख ६ हजार ३५ रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका बस्नेहरु सोही होटलका संचालक दिल बहादुर तामाङ, ठाकुर पुडासैनी, दिपक सिंखडा, पदम उप्रेती, दिपेन्द्र वली, बिष्णु न्यौपाने, बासु गजुरेल, डम्मर श्रेष्ठ, नारायणजी राई र भिम खतिवडा रहेका छन् ।

उक्त होटलमा जुवातास खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot