Logo

आजको स्थायी कमिटीको बैठकमा भारत र चीनले मिचेको भूभागबारे कुरा उठ्ने



काठमाठौं, असार १०। नेकपाका नेताहरुले आज बस्ने स्थायी कमिटीको बैंठकमा भारतसँगको पछिल्लो अवस्था र चीनले मिचेको भनिएको नेपाली भूभागका विषयमा सरकारको धारणा माग्ने भएका छन् । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी विवादसहित उनिहरुले छिमेकी मुलुकले मिचेको सीमाका सम्बन्धमा पनि कुरा उठाउने बताएका हुन ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपाका नेता डा बेदुराम भुसालले सीमाका विाषयमा भारतमाथि मात्रै प्रवेश गर्दा एकपक्षिय देखिने र चीनले पनि नेपालका विभिन्न क्षेत्रमा सीमा अतिक्रमण गरेका विषयहरु आइरहेकाले यस विषयमा स्थायी कमिटीमा छलफल गरिने जानकारी दिए।

यसअघि दुईपटक मिति तोकेर पनि स्थगित भएर बस्न लागेको स्थायी कमिटीको बैठकमा एमसीसीबारे विशेष छलफल हुने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेण्डाबारे कुनै जानकारी नदिएपनि कोरोना महामारी, एमसीसी र सीमा अतिक्रमण लगायत विषयमा छलफल हुने नेता भुसालको भनाई छ ।

भुसालका अनुसार बैठकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको र पार्टीभित्र समेत बहसको विषय बनेको एमसीसीबारे छलफल हुनेछ । सम्भवतः स्थायी समितिले यसलाई टुंगो लगाउनेछ । एमसीसीका विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत दिइसकको छ । त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुगिने बताईएको छ ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै अनिर्णीत बनेको छ । एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो ।

भुसालले भन्नुभयो,‘एमसीसीका विषयमा बैठकम छलफल भएर निर्णय नभए सम्म पार्टीका कुनै पनि नेताले बोल्न मिल्दैन । शीर्ष नेताहरुबीच लगातार छलफल भइरहेकाले बैठकको निर्णय भन्दा अगाडी बोल्न हुँदैन । दुई अध्यक्षबिचमा समेत एकै प्रकारको मत बन्न नसक्दा प्रतिवेदन समेत तयार भएको छैन । अध्यक्षहरुको बिचमा सहमति भएर प्रतिवेदन तयार नभएपनि बैठक बस्छ । बैठकमा सरकारको काम, भ्रष्टाचार र पार्टीका कामका विषयमा पनि छलफल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot