Logo

३ सय ४९ किलोकी २२ वर्षीया युवती



एजेन्सी, १० असार । मोटाउने रहर धेरैको हुन्छ । तर ब्रिटेनमा बस्ने एक युवतीको धेरै तौल भएकाले अस्पताल जाँदा एम्बुलेन्सलाई पनि मुस्किल पर्ने गरेको छ । उनलाई एम्बुलेन्सको ढोकाबाट भित्र छिराउन सकिदैन ।

२२ वर्षकी जोर्जिया डेविसको तौल ३४९.२७ किलो छ । ५ फिट ६ इन्च अग्ली जर्जियाको मोटोपनालाई नियन्त्रण गर्न कसैले गर्न सकेका छैनन् ।

उनी सानै देखि धेरै खाने पिउने गर्थिन् । विस्तारै उनको शरीर मोटाउदै गएर अहिले बाहिर निस्कन नसक्ने भएको हो । केहि समय अघि त उनलाई अस्पताल लैजान घरको केही भाग नै फोरेर बाहिर निकालीएको थियो । हाल घरको भुइतलामा नै उनलाई राखिएको छ ।

यसपटक भने जर्जियालाई १५ दिनदेखि इन्फेक्शन भएको थियो, उनलाई अस्पताल लैजान बिहान ९ बजेबाट प्रयास गरेपनि बेलुका मात्र ७ घण्टापछि उनलाई बाहिर निकालेका थिए । अस्पतालका स्टाफ, प्रहरी र दमकलका कर्मचारी तयारी अवस्थामा बसेका थिए । २ बजे जोर्जियालाई भएको क्रेनले नधानेपछि अर्को क्रेन मगाएर उचालेका हुन् । उनलाई अस्पताल लैजाने भनेर प्रहरीले त्यो इलाका नै बन्द गरेको थियो । जर्जियाले आफुले खाना धेरै खाएकोले मोटाएको स्विकार गरेपनि खान भने रोकेकी छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot