Logo

महाभारत युद्धपछि बाँचेकाको के हाल भयो



महाभारत युद्धमा लाखौ सेना र योद्धाहरुले आफ्नो प्राणको आहुती दिए । युद्ध भएको जमिन अहिलेसम्म पनि रातो छ भनिएको छ । युद्ध पश्चात सबै मृतक योद्धाको नाममा विधिपुर्वक अन्तिम संस्कार गरे । स्थान शुद्ध होस् भनेर संस्कार गरे ।

युद्ध पश्चात धृतराष्ट्रले युधिष्ठरसँग सबै छोराहरुको श्राद्ध गर्न धन मागे तर पान्डु पुत्र भीमले धृतराष्ट्रलाई निराश गराइदिएकाले धृतराष्ट्र वनवास जाने निश्चय गरे । युधिष्ठिरले धन दिएर सबैको श्राद्ध गरे ।

गान्धारी, बिदुर र सन्जय पनि धृतराष्ट्रसँगै वनवास हिडे । साथमा कुन्ती पनि जाने निर्णय गरिन् । छोराहरुले लाख बिन्ती गर्दा पनि बस्न नमानी उनीहरुसँगै वनवास गइन् ।

धृतराष्ट्रले तपस्या गर्न थाले भने विदुर, सन्जय, गान्धारी र कुन्तीले उनको सेवा गर्दै एक वर्ष बिताए । पांडवका छोरा र द्रोपदीलाई भेट्न मन भएर हस्तिनापुरबाट वनमा पुगे । सबैजना वनमा आएको देखेर विदुर हस्तिनापुर फिर्ता गए तर जादै गर्दा बाटोमा विदुरको प्राण निस्केर युधिष्ठिरको शरीरमा गए ।

अर्को दिन ऋषि वेद व्यास आश्रममा आए । विदुरको निधनबारे उनले भने निदुर यमराजको अवतार थिए र युधिष्ठिर पनि उनैको अंश हो । यसकारण विदुरको आत्मा युधिष्ठिरमा लिन भएको हो । वेद व्यासले सबैसँग भने ‘आज सबैको आफ्नो तपस्याको प्रमाण दिनेछु यसैले जे वर माग्छौ माग्नु ।’

सबैले धेरै सोच्न थाले र युद्धमा मारीएका सबै प्रियजन एक पटक फेरी देख्ने चाहाना देखाएर निर्णय लिए । उनीहरुको निर्णय पछि वेदव्यास गंगा नदी भित्र गए र केहि समयपछि भीष्म, द्रोणाचार्य, कर्ण, दुर्योधन, दुःशासन, धृतराष्ट्रका सबै छोरा, घटोत्कच, द्रोपदीका सबै छोरा, पिता र भाई, शकुनी र श्रीख.डी आदी सबैलाई बाहिर निकालिदिए ।

पहिलाजस्तो घमण्ड उनीहरुमा थिएन, कुनै प्रकारको क्रोध थिएन । वेदव्यासले धृतराष्ट्र र गान्धारीलाई पनि हेर्न आफ्नो दिव्य आँखा प्रदान गरेर सबै परिवारलाई हेर्न सक्षम बनाइदिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot