Logo

नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए



एजेन्सी, १४ असार । अफ्रिकी मुलुक सोमालियामा बिहिबार त्यहाँको सैनिकले सशस्त्र इस्लामिक समुहमाथि कारबाही चलायो । त्यस क्रममा एकजना प्रशिक्षक मारिए । ती प्रशिक्षक थिए असरफ अज्मी अबु हमदान । उनी नेपाली नागरिक भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

मोगादिसोबाट रोयर्टसले लेखे अनुसार ती नेपाली नागरिक अल सबाब नामक सशस्त्र समुहका कमाण्डर थिए । उनले समुहमा प्रशिक्षकको भुमिका निभाउँथे ।

दक्षिणी सोमालियाको जुबा क्षेत्रमा चलाएको सैन्य कारबाहीका क्रममा उनीसहित तीन अन्य लडाकु मारिएका थिए । अल सबाब सोमालियाको सरकार ढाल्न सन् २००८ देखि स्थापना भएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot