Logo

ओलीले आफ्नो कमजोरी लुकाएर सहानुभूती जुटाउन भारतप्रति दोषारोपण गरेः पूर्व राजदूत बराल



काठमाडौं, असार १५ । भारतका लागि पूर्व नेपाली राजदूत डा लोकराज बरालले आफ्नो असफलता छोप्न प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय चलखेलको हल्ला चलाएको टिप्पणी गरेका छन्।

भारतले आफुलाई हटाउन लागेको भन्ने प्रधानमन्त्री ओलीको भनाई मुलुकको सार्वभौमिकता, कुटनीतिक मर्यादा र राजनीतिक भूमीका विपरित भएको उनको भनाई छ ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले आफ्ना कमी कमजोरी र असफलताबाट सवैको ध्यान अन्यत्र केन्द्रीत गर्न भारतलाई दोषारोपण गर्नु भएको हो ।’

अत्यधिक बहुमतको सरकार भएर पनि काम गर्न नसकेपछि सर्वत्र आलोचना भएकाले सहानुभूती जुटाउन प्रधानमन्त्रीले जुक्नी निकालेको कुटनीतिज्ञ बरालको बुझाई छ ।उनले पार्टी भित्रै पनि चर्को विरोध भएकाले विरोधीहरुलाई तर्साउन पनि ओलीले भारतीय चलखेलको कार्ड प्रयोग गरेको आरोप लगाएका छन्।

‘चुनावका बेला बोलेका सवै कुराले हावा खाए, अब के भनेर जनताबाट सहानुभूती लिने भनेर यस्तो जुक्ती लगाएको हुनसक्छ,’पूर्व राजदूत बरालले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot