Logo

सलहले बाली र तरकारी सखाप पार्दै



कपिलवस्तु, १६ असार । आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् । शनिवार साँझ सलहका झुन्ड जिल्लाका शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्ध्भुमी, शिवराज नगरपालिका र बिजयनगर नगरपालिका बिभिन्न स्थानमा बास बसेका थिए । आईतवार बिहानदेखि नै पानी परेकोले बोट बिरुवमामा बसेका सलह दिउँसो फेरी उठ्न थालेका छन् । झुन्ड अर्घाखाँची, दाङ र प्युठान तर्फ लागेका छन् ।

आईतवार साँझदेखि सोमवार दिउँसोसम्म बोट बिरुवामा बसेका सलहले बालीनाली सखाप पारेको कृषि ज्ञान केन्दैले जनाएको छ । ज्ञान केन्द्र अनुसार कपिलवस्तु नगरपालिका– ६ बमैली टोल, ब्द्ध्भुमी नगरपालिका– १० धनकौली, शिवराज नगरपालिका वडा नम्बर ३ र ११ तथा बिजयनगरका केही गाउँहरुमा रहेका बालीनाली सखाप पारेका छन् । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्याले आईतवार साँझ झुन्डमा रहेको सलह उत्तरी क्षेत्रमा लागेकोले बाली नालीमा त्यति क्षति नभएको दाबी गरे । उनले बास बसेको स्थानमा भने बालीनालीलाई ठूलो क्षति पुर्‍याएको उनले बताए ।

यधपि क्षतिको बिवरण भने अझै आइृ नसकेको उनले बताए । ‘सलहले बाली नालीमा नोक्सान भएका कुरा कृषकहरुले फोन मार्फत जानकारी दिएका छन् तर बिवरणहरु यकीन भएको छैन ’ उनले भने । आईतवार र सोमबोर गरी कपिलवस्तु नगरपालिका– ६ बर्मेली तथा बुद्धुभुमी नगरपालिका– १० धनकौलीमा कृषकहरुले लगाएका तरकारी सखाप पारेको तरकारी जोनका संयोजक मुस्कान केबटले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली र बुद्धुभमीको धनकौलीमा गरी कृषकहरुले लगाएका ढेड सय हेक्टर तरकारी खेती नष्ट गरको उनले बताए । बोडी खिरम्ला, काक्रो लागततका तरकारीमा ठूलो क्षति पुगेको केबटले बताए । बुद्धभूमि ४ किलौलीका कृषकको मकै बालीमा समेत सलहले क्षति पुर्‍याएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot