Logo

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ७ हजार नाघ्यो



काठमाडौं, १६ असार । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड ४ लाख संक्रमित भइसकेका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजारको मृत्यु भएको छ । २६ लाख ८१ हजार संक्रमित भइसकेका छन् ।

ब्राजिलमा ५८ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या १३ लाख ७० हजार पुगेको छ ।

रुसमा ६ लाख ४१ हजार संक्रमित संख्या पुग्दा ६ हजार ७ सयको मृत्यु भएको छ ।

भारतमा ५ लाख ६७ हजार संक्रमित संख्या पुग्दा १८ हजारको मृत्यु भएको छ । नेपालमा संक्रमित संख्या १३ हजार नाघ्दा मृतक संख्या २९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्