Logo

१० करोड भ्रष्टाचार अभियोगमा काठमाडौ खानेपानी कार्यलयका इन्जिनियरमाथि अख्तियारको मुद्दा



काठमाडौ, १६ असार । काठमाडौ खानेपानी कार्यलयका पानीपोखरीका सि.डि.इ राजकुमार शाक्यले १० करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । हाल खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानीपोखरी काठमाडौंमा कार्यरत सि.डि.ई. शाक्यले दिक्तेल, खोटाङ्गमा खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख हुँदा देखी २०७६ असारसम्ममा श्रोत नखुलेको सम्पती आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगले अनुसन्धान गरेको हो ।

अख्तियारल गरेको अनुसन्धानबाट शाक्यले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैया गैरकानूनी सम्पत्ति कमाएर श्रीमती र नातेदारको नाममा राखेको पृष्टि भएको थियो ।

उनलाई कानुन बमोजिम जफत गरी पाउनसमेतको मागदाबी लिई विगो बमोजिमको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती अल्का शाक्य र भान्जी नाताकी प्रभा शाक्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्