Logo

हवाई मार्गबाट बुधबार एक हजार ३४२ जना स्वदेश फर्के



काठमाडौँ, १८ असार । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् । त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो । त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
नेपालबाट ४० जना विदेश गएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार नेपाल फर्कनुभएको नेपाल नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।
लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्