Logo

इटलीमा एक अरब डलर मुल्य बराबरको लागुऔषध बरामद



एजेन्सी १८ असार । इटली प्रहरीले १४ मेट्रीक टन बराबरको एम्फेटामाइन्सलाई बरामद गरेको छ । सिरियामा आईएसआईएसद्वारा निर्मित एम्फ्याटामाइन्सलाई इटलीको दक्षिणपश्चिम भागमा रहेको बन्दरगाहमा अवस्थित तीन कन्टेनरबाट बरामद गरिएको हो । यसको अन्तर्राष्ट्रिय मूल्य करिब एक अरब डलर रहेको छ ।

उद्योगमा प्रयोग हुने पेपर सिलिन्डर भित्र उक्त सामाग्री भेट्टिएको बुधबार इटाली प्रहरीले जनाएको छ । अवैध लागुऔषध अहिलेसम्मकै सबैभन्दा ठूलो मुल्य र मात्राको हो । ठूलो मात्रा रहेको अवैध सामाग्रीलाई स्क्यानरले समेत पत्ता लगाउन नसकेको प्रहरीले जनाएका छन् ।

सामाग्रीलाई पत्ता लगाउने गाह्रो रहेपनि प्रहरीको अगावै सुचना र अनुसन्धानको आधारमा प्रहरीले पत्ता लगाएका हुन् । लागुऔषधलाई इटलीबाट छुट्टा छुट्टै ठाँउमा पुर्याउने योजना रहेको प्रहरीले साार्वजनिक गरेको छ । उक्त लागुऔषधमा क्याप्टगनको लोगो समावेश गएिको थियो । यसलाई ड्रग अफ जिहादका रुपमा चिनिन्छ । आईएसआईएसले सिन्थेटिक ड्रगको भारी मात्रामा उत्पादन र बिक्रि गर्ने गर्दछ । सिरिया सिन्थेटिक ड्रग ठूलो मात्रामा उत्पादन देश रहेको जनाइएको छ । यसलाई युरोपेली मुलुक भित्र पाउने योजना रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot