Logo

नेकपा फुटाउन नदिने शर्माको उद्घोष,-‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नुहुँदैन्’



काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले पार्टी कुनै हालतमा नफुट्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत शर्माले नेकपाभित्रको विवादमा अब दुई नेता अर्थात अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले के गर्लान् भनेर अब हेरेर बस्न नहुने भन्दै यस्तो बताएका हुन् । उनले नेकपाभित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेरी यो देश र कम्युनिष्ट आन्दोलनको समस्याको रुपमा देखिएको टिप्पणी गरेका छन् ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेको बेलामा नेता शर्माको यस्तो भनाई आएको हो । उनले लेखेका छन्,’नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढतापुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन । पार्टीलाई विचार,बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं । कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु । “रुपान्तरण सहितको एकता आजको आवश्यकता ” File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot