Logo

हेर्दैजानुहोस्, ओलीले प्रधानमन्त्रीको पासो थापिरहनुहुन्छ- राजेन्द्र श्रेष्ठ



काठमाडौं, २० असार । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी सम्राट जस्तै भएको टिप्पणी गरेका छन् । आफूले तीन दशक ओलीसँग काम गरेको सुनाउँदै सम्झौता नगर्ने बदलाो भावना राख्ने व्यक्तित्व भएको बताएका छन् ।

‘मैंले केपी ओलीसँग ३० वर्ष संगत गरेको छु । उहाँ सम्झौता गर्ने व्यक्तित्व होइन,’ ऋषि धमलासँग रेडियो एनआरएनसँग कुरा गर्दै श्रेष्ठले भने, ”ओली स्वेच्छाचारी सम्राट जस्तै व्यवहार देखाउनुहुन्छ ।’ कहिले अलिकति सम्झौता गरेजस्तो गर्ने तर बदलाको भावना लिने स्वभावको बताए । ओलीलाई विषय बोकेको सर्प र इख बोकेको मान्छेसँग तुलना गरे ।

उनले भने, ‘अलिकति सम्झौता गरेजस्तो गर्ने र बदलाको भावना भएको इख बोकेको सर्प जस्तो मानिस हुनुहुन्छ ।’ ओलीले नयाँ अस्त्र फालेर अलमलाउने समेत बताए । उनले भने, ‘एकताको विषयमा नयाँ अस्त्र फाल्न थाल्नुहुन्छ । बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ड फालिदिनुभयो ।’

आफ्ना गुटका मानिसलाई पठाएर प्रधानमन्त्रीको पासो थाप्ने गरेको समेत बताए । फुटाउ र राज गरको शैलीमा चल्ने गरेको उल्लेख गर्दै जसलाई भन्दा समुहभित्र फुटाउन सकिन्छ त्यसलाई भन्ने गरेको बताए । उनले भने, ‘ओली साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरेर सत्तामा रहन चाहनुहुन्छ ।’

ओलीले संविधानमा उल्लेख नभएको प्रतिनिधिसभाको बिघटनसम्ममा जान खोजेको बताए । उनले भने, ‘ओलीलाई आफू आदेश दिने र अरु पालक हो भन्ने छ । उहाँबाट जन्मदातालाई संसदको समेत बेवास्ता भएको छ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot