Logo

परिक्षाको तीन दिन पहिले सुचना जारी,दुई हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन पाउँने



काठमाडौं, असार २७। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुई हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन आउन भन्दै सूचना जारी गरेको छ ।

संस्थान परीक्षा नियन्त्रण महाशाखाले २५ असारमा सूचना जारी गरेको छ, जबकी परीक्षा २९ असारदेखि तोकिएको छ । सूचनामा भनिएको छ, ‘उपत्यका प्रवेश गरीसकेपछि अनिवार्य रुपमा घरमा वा चिकित्साशास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेलमा बस्नुपर्नेछ । परीक्षा हुनुभन्दा एक हप्ता भित्र अनिवार्य पिसीआर जाँच गराएको हुनुपर्छ ।’

काठमाडौं उपत्यका प्रवेश गर्न र पिजी अन्तिम वर्षको परीक्षामा सम्मीलीत हुने विद्यार्थीलाई परीक्षा सुरु हुनुभन्दा तिनदिन अघि निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot