Logo

प्रधामन्त्री ओलीले नेपाल र भारतबीच दुरी बढाउन खोजेको आरोप लगाउँदै करण सिंहले भने-अरबौं हिन्दुको भावनामाथि चोट पुग्यो



काठमाडौं, ३१ असार । कँग्रेस आईका नेता करण सिंहले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिले नेपाल र भारतलगायत विश्वका अरबौं हिन्दुहरुको भावनामाथि ठेस पुर्याएको टिप्पणी गरेका छन् । उनले ओलीमाथि नेपाल र भारतबीच दुरी बढाउन खोजेको आरोप समेत लगाए ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेपालसँग नातासम्बन्ध समेत भएका सिंहले अभिव्यक्तिबारे भने, ‘यो अपमानजनक अभिव्यक्तिले नेपाल र भारतमा मात्र नभई विश्वभर रहेका एक अर्ब हिन्दुहरुको भावनामाथि चोट पुर्याएको छ ।’ उनले दुवै देशका नागरिकहरुलाई यस्ता अशुभ नीतिबारे सचेत हुन आग्रह गर्दै दुई देशबीच पौराणिक मित्रवत सम्बन्धलाई पुर्नस्थापित गर्न जे जे सम्भावना छन् त्यसो गर्न समेत आग्रह गरेका छन् ।

ओलीले जे सकिन्छ त्यही गरिरहेको र त्यसका लागि अयोध्याबारे अपमानजनक अभिव्यक्ति समेत दिएको टिप्पणी गरे । दुई देशबीच सीमा विवाद खडा गरेलगत्तै अयोध्याको विषय आएको समेत सिंहले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको दिन सोमबार अयोध्या नेपालमा र राम नेपालकै हुन् भनी टिप्पणी गरेका थिए । लगत्तै नेपाल र भारतभित्र यसबारे टिकाटिप्पणी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्