Logo

उपत्यकामा साझा यातायातको सेवा सुरु



काठमाडौं, साउन १ । झण्डै चार महिनादेखि बन्द रहेको साझा यातायात आजदेखि पुनः सडकमा गुड्ने भएको छ । गत चैत ११ देखि बन्द रहेको साझाले स्वास्थ्य सुरक्षा प्रवन्ध मिलाएर सेवा सुरु गरेको हो ।

आजदेखि साझाका २६ वटा बसले ५० प्रतिशत बढी भाडा लिएरकाठमाडौं उपत्यकाका साविककै ८ वटा रुटमा सेवा दिन सुरु गरेको हो ।

ज्वरो नापेर मात्र बसभित्र प्रवेश गर्न आग्रह गर्दे साझाले गाडीभित्र भीड नगर्न, अनिवार्य मास्क लगाउन, व्यक्तिगत दूरी कायम राख्दै र खुद्रा भाडाको समेत व्यवस्था गरेर सेवा दिन लागेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot