Logo

चोरले भगवानलाई चिठ्ठी लेखेर मन्दिरको दानपेटीमा राखेपछि…



भारतको मध्य प्रदेशमा चोरले आश्चर्य लाग्दो काम गरे । भगवानको मन्दिरमा दानपेटीमा जम्मा भएको रकम चोरले चोरेको छ । दानपेटी फुटाउनु भन्दा पहिला उस्ले भगवानको नाममा एक चिठ्ठी लेखेर राखिदिएको छ ।

सिद्धेस्वर हनुमान जीको मन्दिरमा मानिसहरुले पुजा गरेर पैसा चढाएका थिए, त्यहि दानपेटीका फोडेर चोरले हजारौ रुपैयाँ चोरेको छ । दानपेटीमा चोरले छोडेको चिठ्ठीमा आफू धेरै दुखी भएकोले चोर्न बाध्य भएको र माफ दिन पनि आग्रह गरेको छ ।

चोरी भएको बिहानै श्रद्धालु मन्दिर पुग्दा मन्दिरको ढोका खुल्ला र टुटे फुटेका सामान छरपस्ट भएको स्थानियले बताएका छन् । दानपेटीको नजिकमा चिट्टी भेट्टाएका थिए । अज्ञात चोरको खोजी प्रहरीले गरिरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot