Logo

मेमोरी किङ विजय शाहीले ३ मिनेटमा ‘महाभारत’ पढे, ऋषि धमलाबारे यसो भने (भिडिओसहित)



काठमाडौं, ४ साउन । विश्व किर्तीमानी मेमोरी किङ विजय शाहीले आफूले ३० सकेण्डमा १०२ शब्द पढेर विश्व किर्तीमानी कायम गरेको स्पष्ट पारेका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो उद्देश्य भनेको नेपाली जनतालाई शिक्षित बनाउनु रहेको स्पष्ट पारे । उनले नेपालको शिक्षा रटन्ते भएको भन्दै आफूले प्रकृति तथा विज्ञानको नियम अनि मूल्य र मान्यताको बारेमा पढाई गर्ने बताए । त्यस्तै, खोज र अनुशन्धानलाई बढावा दिईनेपनि उनले जनाए ।

कालिकोट स्थायी घर भएका शाहीले आफू पत्रकार ऋषि धमलाको ठूलो फ्यान भएको बताए । पत्रकार धमलासँगको कुराकानीमा शाहीले भने,-‘म हजुरको ठूलो फ्यान हुँ । आज प्रत्यक्ष भेट्न पाएँ । म निकै खुशी छु । कालिकोटमा हुँदापनि म हजुरको रेडियो कार्यक्रम नेपाली बहस नियमित सुन्ने गर्थें । भिडिओ पनि हेरिरहन्थें । हजुरको काम देख्दा म निकै प्रभावित छु । देश र जनताको लागि तपाईले आफ्नो परिवार भन्नुभएको छैन् । यसरी खट्नुभएको छ।’



प्रतिक्रिया दिनुहोस्