Logo

रवि लामिछानेलाई भारेभुरेको संज्ञा दिँदै खतिवडाले भने–राजाले त सकेनन्, हामीलाई कसैले तर्साउन सक्दैन् (भिडिओसहित)



काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई भारेभुरेको संज्ञा दिएका छन् । हिजो (बिहीबार) प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगक कुरा गर्दै सांसद खतिवडाले गृहमन्त्री लामिछानेलाई आफूहरुलाई चूनौति नदिन भनेका हुन् ।

सो क्रममा उनले रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको प्रमाण रहेको टिप्पणी गरेका थिए । उनले तीन लाख रुपैयाँ रकम बुझेको भौचर भएको कारणले दीपेश पुन जेल गएको तर २ करोड रुपैयाँ रवि लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा हुँदा भने कारबाही नभएको विषय उठाए । उनले भने,‘दुई करोड बुझ्ने गृहमन्त्री त प्रधानमन्त्रीको छेउमा बसेर दाह«ी सुमसमाएर घोक्रो फुकाएर खबरदार भनेर गाली गरेर बसेका छन् जनतालाई ?’

उनले आफूहरु राजाले थर्काउँदा पनि नथर्किएको पार्टी भन्दै रवि लामिछानेले थर्काउँदैमा नथर्किने चेतावनी दिए । उनले भने,‘हामी हेर्नुहोस, राजाले थर्काउँदा नथर्किएको पार्टी हो । राणाले थर्काउँदापनि नथर्किएको पार्टी हौं । त्यतिमात्र होईन, हाम्रा प्रधानमन्त्री विपी कोइरालालाई जेलमा लैजाँदाखेरि हामी नडगेका पार्टी हौं । हिजोका भारेभुरे आएर आज तर्साउन खोज्दा कांग्रेस पार्टी तर्सिँदैन् । त्यो भ्रममा कोही नपरे हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot