Logo

सहमतिबाट प्रचण्ड ब्याक भएको भन्दै रिसाए मन्त्री पार्वत गुरुङ (भिडिओसहित)



काठमाडौं, ५ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित भएर राजीनामा दिनुपर्ने कुनै कारण नै नभएको स्पष्ट पारेका छन् । आइतबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्ने कुनै कारण नै नभएको जिकिर गरे ।

उनले अस्ति (शनिबार) पार्टीको सचिवालय बैठक चलिरहेकै अवस्थामा आफू बालुवाटार गएको सुनाउँदै त्यसलाई सचिवालय बैठकमा सहभागी भएको भनेर चर्चा गर्न नहुने टिप्पणी गरे । उनले भने,‘हामी त सचिवालय बैठक के हुन्छ ? के निर्णय हुन्छ भनेर बुझ्नमात्रै बालुवाटार गएको हो ।’ उनले अर्का अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रस्ताव मानिसकेको स्पष्ट पारे । तर, दिनदिनै कुरा फेर्दा कसको विश्वास गर्ने र ? भन्दै उनले प्रचण्डमाथि व्यंग्य कसे । हेरौं भिडिओ :
्र



प्रतिक्रिया दिनुहोस्

Screenshot