Logo

कालापानीको आज जुन समस्या छ, राजा महेन्द्रले पैदा गरेको समस्या हो : सिंह (भिडिओसहित)



काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पुष्पलालको विचारधारालाई नै वर्तमान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छाडेको दाबी गरेका छन् । पुष्पलालले जनवादी क्रान्तिको कुरा गरेको तर नेकपाले त्यसलाई छाडिसकेको उनको टिप्पणी छ । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेकपाका नेताहरुले पुष्पलाललाई मानेको भएपनि उनका विचारलाई छाडिसकेको बताएका हुन् ।

सिंहले आफूहरुले राजा महेन्द्रलाई राष्ट्रवादी नभन्नेपनि स्पष्ट पारे । उनले महेन्द्रले कालापानीलगायतका आफ्ना भू-भागको बारेमा एक शब्दपनि आवाज नउठाएको आरोप लगाए । उनले भने,’राजा महेन्द्रको राष्ट्रवाद सत्तासँग सम्बन्धित थियो । त्यसकारण उनलाई हामी राष्ट्रवादी भन्दैनौं । देशभक्त भन्दैनौं । आज कैयौं राजावादीहरुले भन्छन् कि राजतन्त्र आयो भने राष्ट्रीयताको रक्षा हुन्छ । कालापानीको के हो ? कालापानीको आज जुन समस्या छ, राजा महेन्द्रले पैदा गरेको समस्या हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot